समाचार विवरण

नेपाल सम्वतको शुभकामना

कात्तिक ३०, २०७७

नेपाल  सम्वत ११४१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

नेपाल सम्वत नेपाली परम्परा र मौलिकतासंग गाँसिएको छ । शंखधर साँख्वाले गरिबको ऋणमोचन गरेको खुशीयालीमा शुरु भएको नेपाल सम्वतले सामाजिक विभेदको अन्त्य र समानताको स्थापनामा सधंै महत्व राख्छ । साँख्वाले गरेको योगदानको सम्झनाले नेपाली समाजमा परोपकारी भावना फैलाउन मद्दत गरेको छ । नेपाल सम्बतका प्रवर्तक शंखधर साँख्वालाई राष्ट्रिय विभूतिको रुपमा सम्मान दिनु महत्वपूर्ण काम हो ।

 संघीयताको व्यवहारिक कार्यान्वयन गर्दै नागरिकका अपेक्षा पूरा गर्न हामी दृढसंकल्पित छौं । मुलुकबाट अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै  समृद्ध र समतामुलक समाज निर्माण गर्ने अभियानमा हामी जुटिरहेका छांै । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन सरकारको प्रयासमा सबैको सार्थक सहयोगको खाँचो छ । साधन श्रोत र जनशक्तिलाई अधिकतम रुपमा परिचालन गर्दै तहगत सरकारहरुले काम गरिरहेका छन् ।  कोरोना नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य सम्बद्ध सबैप्रति म यस अवसरमा उच्च सम्मान गर्दछु । कोरोना संक्रमित लगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकता दिदै अघि बढेका छांै ।  स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै दैनिकी अघि बढाउँदा कोरोनाबाट आफूँ जोगिन र अरुलाई पनि जोगाउन सकिन्छ ।

अन्त्यमा, नेपाल सम्बतको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मिति २०७७ मंसिर १