प्रदेशको जानकारी

यो प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । बाह्र जिल्लामध्ये   पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेका छन । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ  । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०६८ बमोजिम कूल जनसंख्याको ४५,४०,२२२(१७.१४ प्रतिशत) जनसंख्या रहेको देखिन्छ । यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन  । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ । संवैधानिक व्यवस्था अनुसार प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रदेशसभाको २०७७ असोज २० गतेको बैठकले टुंगो लगाएको छ । हाल प्रदेशको मुकाम बुटवलमा रहेको छ ।

थप जानकारी

Population : 4499272
Coverage : 22,288 sq. km.
Headquater : देउखुरी, दाङ