समाचार विवरण

शोक विज्ञप्ति

फागुन १६, २०७७

मिति  २०७७ फागुन १६

पाल्पा,तानसेन नगरपालिका वडा नम्बर ३ टक्सार निवासी नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनका योद्धा चिनियाँलाल बज्राचार्यको फागुन १५ गते निधन भएको  खबरले मलाई स्तब्ध बनाएको छ । स्वर्गीय बज्राचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

वि.सं. १९८८ कार्तिक ८ गते जन्मनु भएका उहाँ कलिलो उमेरमा नै कम्युनिष्ट आन्दोलनमा संलग्न रहनुभयो । २००६  सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि  महासचिव पुष्पलालको सम्पर्कमा आएका मृगेन्द्रध्वज जोशीको संयोजनमा तानसेनमा भएको भेलाले चिनियाँलाल बज्राचार्य सचिव तथा श्याम रतन र पूर्णमान थैव सदस्य रहेको यो क्षेत्रकै पहिलो सेल कमिटी गठन भएको थियोे । यो सेल कमिटी तत्कालीन पश्चिम गण्डक प्रान्तीय कमिटीको पहियो सेल कमिटी मानिन्छ । पश्चिम नेपालमा कम्युनिष्ट संगठन विस्तारमा यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

तानसेनको महाबोधी प्रावि हालको महेन्द्र बोधी माविका संस्थापक प्रधानाध्यापक समेत रहनुभएका उहाँले जनता माध्यमिक विद्यालय लगायत विभिन्न विद्यालयमा लामो समय शिक्षण गरी शैक्षिक जागरण र सुधारमा महत्वपूर्ण काम गर्नुभएको थियो । पाल्पाको ऐतिहासिक पुस्तकालय धवल पुस्तकालयका संस्थापक मध्येका एक उहाँ सह्दयी र मिलनसार स्वभावको हुनुहुन्थ्यो ।

 स्वर्गीय बज्राचार्यले राजनैतिक र सामाजिक आन्दोलनमा पु¥याएको योगदानको हामी सधै सम्झिरहने छौं । उहाँ जस्ता अग्रजहरुको संघर्ष र मिहिनेतले नै आज हामीले लोकतान्त्रिक शासन प्रणालीको अनुभूति गर्न पाइरहेका छौं ।

स्वर्गीय बज्राचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली एंव शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।