समाचार विवरण

भूमे पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त खामभाषी मगर समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुखशान्तिसमृद्धिसुस्वास्थ्य र उत्तरोत्तर प्रगतिकोे हार्दिक शुभकामना व्यक्त गर्दछु । 

भूमे पर्व रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने लुम्बिनी प्रदेशको विशेष सांस्कृतिक पर्व हो । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले एकतासद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेका छन् ।

भूमे पर्व मार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा सघाउ पुगेको छ । खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको छ । भूमे पर्व प्रकृतिसंग सम्बन्धित छ । यसले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको छ । प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो,पानी,जीवजन्तु र रुखविरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न संभव छ । प्रकृतिप्रति माया र संरक्षण गर्दा भावी पुस्ताका लागि अमुल्य उपहार हुन्छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको छ । अल्पसंख्यकआदिवासीजनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको छ । प्रदेश सरकारले भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज असार १ गते रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको छ । लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्दती बनाउन खोजिएको छ ।

मुलुक यतिखेर संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढेको छ । तीन तहका सरकारले संवैधानिक व्यवस्था अनुसार तहगत सरकारको अभ्यास गरी संविधानको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेका छन् । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदायवर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने छ । संविधान कार्यान्वयन गर्दै सरकार समृद्ध नेपालसुखी नेपालीको अभियानमा अघि बढेको छ । विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि हामी प्रतिबद्ध रहँदै अघि बढेका छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकास मार्फत समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य लिएको छ ।

यतिबेला हामी कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रित छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकार क्रियाशिल छ । सरकारको यो अभियानमा नागरिकको सार्थक सहयोग आवश्यक छ । नागरिकको सहयोगले नै कोभिड–१९ विरुद्ध सरकारले चालेका कदम प्रभावकारी बन्न संभव भएका हुन् । संक्रमित र उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गरौं । सबैको सार्थक सहयोगबाट नै महामारीलाई जित्न सकिन्छ ।

अन्त्यमाभूमे पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल मुख्यमन्त्री